“मेरो शेयर ” को सेवा सम्बन्धी नियम तथा शर्तहरु
- “मेरो शेयर” सेवा केवल व्यक्तिगत प्रयोजनको लागि मात्र हो। यो सेवा अन्य कसैलाई हस्तान्तरण गरिने छैन।
- ग्राहकले “मेरो शेयर” सेवासंग सम्बन्धित विधुतीय कारोबारको लागि दिएका सुरक्षित गोप्य नाम , पासओर्ड पिन आदि जानकारीको गोपनियता कायम गर्नेछ र यी जानकारीहरु कुनै पनि आवस्थामा कसैलाई कहिले पनि दिने छैन।
- यदि आफ्नो गोप्य पास्वार्ड नम्बर पिन हराएको वा सो को जानकारीहरु कतै कोहि असम्बन्धित व्यक्तिको जानकारीमा आएको थाहा भएमा तुरुन्त आफ्नो नीछेप सदस्यलाई जानकारी गराई रद्द गराउनु पर्नेछ र परिवर्तन गराउनु पर्नेछ।
- “मेरो सेयर” मार्फत गरिएका सम्पूर्ण कारोबारको जिम्मेवारी ग्राहक सदस्य को हुनेछ।
- “मेरो सेयर” को प्रयोग सधैँ सिदियास्सीको प्रचलित नियम र विनियमको अधिनमा रहने छ।
- प्राबिधिक कारणले सेवा अवरुद्ध हुन गइ ग्राहकलाइ हुन गएको असुविधा , छ्यति वा हानी नोक्सानीको लागि निच्छेप सदस्य / सिदियास्सी कुनै पनि किसिमले जिम्मेवार हुने छैन।
- यो निवेदनमा निच्छेप सदस्य / सिदियास्सीको स्वीकृत आवश्यक पर्नेछ। निच्छेप सदस्य / सिदियास्सीसंग कुनै कारण नखुलाई आफ्नो स्वविवेकमा निवेदन अस्वीकृत गर्ने अधिकार रहने छ।
- ग्राहकलाई सुचित गरि वा नगरी यो सुविधा नवीकरण गर्ने, रद्द गर्ने वा फिर्ता लिने अधिकार निच्छेप सदस्य / सिदियास्सीलाई रहने छ।
उद्घोषण :
म/हामी माथि उल्लेखित सम्पूर्ण विवरण साँचो रहेको घोषणा गर्दछु/गर्दछौ। यदि उल्लेखित विवारनहरु कुनै कारणवश गलत भएको अथवा गलत प्रमाणित भएको अवस्थामा त्यसबाट सिर्जना हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार म/हामी स्वयं हुने छु/छौ। साथै माथि उल्लेखित मोबाइल नम्बर तथा इमेल मेरो/हाम्रो व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुनेछ तथा मेरो सेयरको सेवाका लागि सीदियास्सीबाट प्रदान गरिने Login ID तथा Password हरु उल्लेखित मोबाइल नम्बर वा इमेल ठेगानामा प्राप्त गर्न मेरो/हाम्रो मन्जुरी छ। मेरो सेयरको सेवा उपभोग गर्ने सम्बन्धमा सिदियास्सीद्वारा जारी गरिएका यस सेवासंग सम्बन्धित माथि उल्लेख गरिएका सम्पूर्ण नियम , शर्तहरु राम्ररी पढी बुझी स्वीकार गर्दछु/गर्दछौ।