निक्षेप् सदस्य र हितग्राही व्यक्ति वा संस्थाबीचकोसम्झौता ।
हिमलायन बैंक लिमिटेड, ठमेल, काठमाडौँ स्थित कार्यालय रहेको हिमालयन क्यापिटल लिमिटेड (वैधानिक अस्तित्व भएको निकायको विवरण) (यस पछि “सदस्य” भनिएको) प्रथम पक्ष र ___________________________ स्थित कार्यालय रहेको ____________________________________(वैधानिक अस्तित्व भएको निकायको विवरण) यस पछि (“हितग्राही” भनिएको) दोस्रो पक्ष बीच देहायको शर्तहरु पालना गर्ने सहमति साथ यो सम्झौता गरिएको छ ।
- सामान्य प्रावधान
यस सम्झौताका पक्षहरु धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली, २०६८ को व्यवस्था सिडिएससिले समय(समयमा जारी गरेका विनियमलाई यसै सम्झौता उल्लेख भए सरह र यसै सम्झौताको हिस्साको रूपमा पालना गर्न सहमत छौ ।
- रकम असुल उपर
हिताग्रहिले सदस्यलाई तिर्नुपर्ने रकम तोकिएको मितिभित्र बुझाउनु पर्नेछ ।
- खाताको फाँटवारी (स्टेटमेन्ट)
सदस्यले अनलाईन मार्फत हिताग्राहीलाई निजको खाताको फाँटवारी हेर्ने सुविधा प्रदान गर्नेछ । साथै हिताग्राहीले आफ्नो धितोपत्रको हिताग्राहीको आवश्यकता अनुसार विधुतीय माध्यमबाटहितग्राहीलाईनिजका खाताको फाँटवारी प्रदान गर्नेछ । तर यस अवधिमा कुनै कारोबार नभएमा खाताको फाँटवारी दिनु पर्ने छैन ।
- विवरणमा भएका परिवर्तनहरुबारे हितग्राहीले सुचित गर्नुपर्ने
हितग्राहीले सुचित गरेको अवस्था बाहेक, हितग्राहीले विवरणमा भएको परिवर्तन सदस्यलै जानकारी नगराएको कारणबाट हितग्राहीलाई हुन सक्ने कुनै हानी उपर सदस्य उत्तरदायी वा जिम्मेवार हुने छैन ।
- हितग्राहीको दावीप्रति निक्षेपसदस्य उत्तरदायी नहुने
सुरक्षणको लागि हितग्राहीको खाताबाट खर्च लेखिएको र क्रेडिट गरिएको तेस्रो पक्षबाट दावी अदालत वा राजस्व निकायबाटतोकिएको वा माग भएको कुनै शुल्क, दस्तुर, कर प्रति सिडीएससि तथा सदस्य जिम्मेवार हुने छैनन् ।
- प्रत्येक हितग्राही निम्न कुरामा विशेष रुपले जिम्मेवार हुनेछ
(क) निक्षेप सदस्यसँग भएको सम्झौता र खाता खोल्दाका विवरणहरु तथा तथ्य सम्बन्धमा,
(ख) निक्षेप सदस्यसँग खाता खोल्दा पेश गरेका लिखतको आधिकारिकता र सत्यता सम्बन्धमा,
(ग) निक्षेप सदस्यबाट प्रत्येक कारोबार निर्देशन बमोजिम खाताबाट घटाएको र थपेको कुराको सुनिश्चित गर्ने,
(घ) हितग्राहीको खातामा भएको परिवर्तनका विवरण सम्बन्धमा जस्तैस् ठेगाना, बैंक विवरण स्थिति अख्तियारी,आदेश मनोनयन दस्तखत आदि,
(ङ) कुनै पनि निस्काशित धितोपत्र खरिद गरेकोमा सोको सत्य विवरण ।
- आधिकारिक प्रतिनिधि
हितग्राही सङ्गठित संस्था वा कानूनी व्यक्ति भएमा त्यस्तो संस्था वा व्यक्तिको तर्फबाट प्रतिनिधित्व गर्ने अख्तियार प्राप्त व्यक्तिले सदस्यसंगको सम्झौता क्रियान्वित गर्ने छन् । प्रतिनिधिको हेरफेर वा अन्य कुनै किसिमको परिवर्तन भएमा हितग्राहिले सदस्यलाई तुरुन्त जानकारी गराउनेछ ।
- सम्झौता रद्द गर्ने
विनियमावली तथा संचालन निर्देशिकामा उल्लेख गरिए अनुसारका शर्तबन्देजको अधिनमा रही पक्षहरुले यो सम्झौता जुनसुकै समयमा रद्द गर्न सक्नेछन् । कुनै पनि पक्षले सम्झौता रद्द गरेमा हितग्राहीको खातामा भएका धितोपत्रहरुलाई सोहि हितग्राहीकोनिर्देशन बमोजिम सदस्यले व्यवस्थापन गर्नेछ ।
- काबु बाहिरको परिस्थिति
यस सम्झौता वा विनियमावली जुनसुकै कुरा लेखिएको भए तापनि आँधी, तुफान, बाढी, चत्याङ, भूइंचालो, आगलागी, विस्फोटन वा दैबी प्रकोप, युद्ध, विद्रोह, क्रान्ति, हुलदंगा, निषेधआज्ञा, नाकाबन्दी, अवरोध, दंगा, नागरिक कलह, हड्ताल, तालाबन्दी, बहिष्कार, कुनै उपयोगी, सेवामा अवरोध जस्ता मजदुर कारवाही वा अशान्ति, शत्रुको कारवाही, अपराधिक षड्यन्त्र, आतंककारीक गतिविधि वा तोडफोड, विध्वंस, प्रणालीमा गडबडी, अनाहक प्रवेश वा प्रतिकार गर्न नसकिने अन्य कुनै शक्ति वा बाध्यता लगायत काबु वा नियन्त्रण बाहिरका घटनाद्वारा यस सम्झौता अन्तर्गत दायित्वमा कुनै कार्य सम्पादन नगरेको, विलम्ब गरेको वा उल्लङ्घन भएकोमा कुनै एक पक्षलाई हुन गएको हानि(नोक्सानी, क्षतिको सोधभर्ना वा क्षतिपुर्ति दिन अर्को पक्ष उत्तरदायी हुने छैन ।
- जनाउ
यस सम्झौता अनुसार दिइने अथवा आवश्यक हुने कुनै पनि जनाउ वा संचार लिखित रूपमा र प्रापकको हालसालको ठेगानामा नपठाएसम्म बन्धकारी हुने छैन ।
- विवाधको समाधान
पक्षहरुका बिचमा उतपन्न हुन सक्ने विवाद तथा भिन्नताका सम्बन्धमा विनियमावली तोकिए अनुसारको मध्यस्तता समितिको व्यवस्था यस सम्झौताका पक्षहरुलाई पनि लागु हुनेछ ।
- नियमनकारी कानून
यो सम्झौता प्रचलित नेपाल कानुनद्वारा नियमन तथा व्याख्या हुनेछ ।